ललितपुर, आइतबार, ११ असोज २०७७ । ललितपुर महानगरपालिका वडा न १९ कुमारीपाटीमा ट्राफिक चिन्ह तथा जनचेतनामुलक बोर्ड राखिएको छ ।

ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुख सिताराम हाछेथु, ललितपुर महानगरपालिका वडा न १९ का वडा अध्यक्ष बिनोद ताम्राकार, ट्राफिक प्रहरी लगायत अन्य महानुभावको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

सडक दुर्घटना कम गर्न र ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन ट्राफिक चिन्ह तथा जनचेतनामुलक बोर्ड राखिएको हो ।

रोकी, हेरी जानुहोस्, भारी गाडी प्रबेश निषेध, ठाउँ- ठाउँमा दिशा बोर्ड, उत्तल ऐना, पार्किङ्ग निषेध बोर्ड, सवारी साधन लक साधन वितरण तथा जनचेतनामुलक बोर्ड राखिएको समुदाय स्तरमा विभिन्न जनचेतनाका अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here