ललितपुर, बिहिबार, १ जेठ २०७७ । ललितपुरको वडा नं ६ ले घर वहालवालामा बसेकाहरु लकडाउनमा विदेश र जिल्ला बाहिरबाट गएकाहरुलाई घरमा प्रवेश नदिन वडावासीलाई कडा निर्देशन जारी गरेका छन् ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिएसँगै ललितपुर महानगरपालिका नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले विदेशबाट फर्किएका र बाहिर जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन घरधनीहरुलाई निर्देशन दिएका हुन् ।

हिटलरले भाडावालाहरु विभिन्न कारणले वाहिर वा घर गएको भए तत्त्कालै फोन गरेर हाललाई घरमा प्रवेश नदिने जानकारी गराउन पनि घरधनिहरुलाई उर्दि जारी गरेका छन् ।

घरधनिहरुले बाहिरबाट आएकालाई प्रवेश दिएमा घरलाई शिल गर्ने समेत चेतावनी दिएका छन् । यदि नमानेमा क्वारेन्टाइनमा राख्न लाग्ने खर्च समेत स्वयम घरधनिलाई भराउन लगाउने र संक्रमित प्रमाणित भएमा घरधनिलाई क्षतिपुर्ति तिराउने समेत सुचनामा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here