काठमाडौं, सोमबार, ६ पौष २०७७ । लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको संयोजकत्वमा मनास्लु नागार्जुन नयाँ क्लब गठन गरिएको छ ।
नागर्जुन १ मा बसोबास गर्ने समाजिक ब्यक्तित्वको सक्रियतामा एक कार्यक्रमकाबीच नयाँ क्लव गठन गरिएको हो ।
सोही अवसरमा रिजन पर्सनमा तारानाथ लामिछाने, जिल्ला चियर पर्सन लायन राजन प्रसाद काप्री र मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र भट्टको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौं मनास्लु नागर्जुन कानुनी प्रक्रिया पूरा गरि दर्ता समेत गरिसकेको छ ।
नवगठित नयाँ क्लवमा अध्यक्ष बिष्णु प्रसाद प्याकुरेल, प्रथम उपाध्यक्षमा रामहरी देबकोटा, सचिवमा सहदेव बस्नेत र कोषध्यक्षमा सञ्चारकर्मी बिमल बाबु भट्ट रहनु भएको छ भने बाकी कार्य समिति पूर्ण हुन बाकी रहेको छ ।