काठमाडौँ, शुक्रबार, २४ पुस २०७७ । लायन्स क्लव अफ काठमाडौँ मनास्लु नागर्जुनद्वारा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नागर्जुन १ राधाकृष्ण मन्दिरमा आज शुक्रबार लायन्स क्लव अफ काठमाडौँ मनास्लु नागर्जुनद्वारा सेनिट्राईजर, माक्स, सेनिट्राईजर स्टेन लगायतका स्वास्थ्य सामाग्री एक कार्यक्रमको आयोजना गरी मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
उक्त स्वास्थ्य सामाग्री वितरणको अबसरमा कार्यक्रमका सभापति क्लबका अध्यक्ष बिष्णु खकुरेल, जोन चियर पर्शन भिम प्रसाद काप्री, डिस्टिक चियर पर्शन लायन राजन प्रसाद काप्री र मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र भट्ट, लायन्स क्लवका पदाधिकारीहरु, समाजसेवी लगायत अन्य महानुभावको उपस्थितिमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पदमनाथ शर्मा सापकोटालाइ उक्त स्वास्थ्य सानाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रम सन्चालन क्लबका सचिब सहदेव बस्नेतले गर्नुभएको थियो भने स्वागत मन्तब्य राख्दै क्लबका प्रथम उपाध्यक्ष रामहरी देबकोटाले सामाजिक कार्य गर्नका लागि नै क्लबको स्थापना गरिएको बनाउनु भयो ।