पर्यटन

लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक : अर्थमन्त्री

गोरखा, बिहीबार, ६ असोज २०७९ । अर्थमन्त्री जर्नादन शर्माले पालु्ङटारको सम्बृद्धिको लागि संघिय सरकार सवै खालको सहयोग गर्न तयार रहेको बताउनु भएको छ । लगलिग पालुङटार उद्योग बाणिज्य संघ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा बुधबारदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव २०७९’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसावले समेत उपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

‘लिगलिगकोट नाम मात्र नभएर एउटा इतिहास बोकेको स्थल पनि हो यहाँको छुट्टै संस्कृति छ र परम्परा छ, उहाँले भन्नुभयो, त्यो राजनीतिक प्रकृतिको पनि पनि यसको छुट्टै बिरासत छ ।’ उहाँले पालुृङटार नगरपालिका सम्बृद्ध नगरपालिकाक बनाउनका लागिस्थानीय र सरकार प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सवैखालको सहयोग गर्ने बताउनुभयो । उहाँले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्रि बितरण मात्र गर्ने परिपाटीले देश सम्बृद्ध बन्न नसक्ने बताउनु भएको छ ।

आफ्नो देशका लागी आफै उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै सम्बृद्ध बन्ने मन्त्री शर्माको भनाई छ । ‘हामीले अहिले गरिरहेको धेरै जसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौ, उहाँले भन्नुभयो, उत्पादन हामी आफै उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आबश्यक छ ।’ अर्थमन्त्री शर्माले त्यसका लागी देशमा हरेह खालका व्यवसायलाई आर्थिक उत्पादनसंग जोडेर शहरीकरण गर्न सक्यौ भने मात्र बास्तविक बिकास हुने उहाँको भनाई छ ।

अर्थमन्त्री शर्माले बिकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अबको बिकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिक रुपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले उत्पादन जोडेर बिकास निर्माणलाई अगाडी बढाउदा पनि संस्कृति अर्थतन्त्र र सामाजिक बातावरण निर्माण गर्ने कुरामा ध्यान पु¥याउन सके यसले समग्र बिकासलाई जोड्ने सक्ने उल्लेख गर्नुभयो ।

संबिधानले सामाजिक न्याय सहितको समाजबादको आधार तयार गर्ने स्पस्ट किटान गरेको भन्दै उहाँले गरिवीको अन्य र समानताको वातावरण निर्माण गर्न जनताको न्युनतम आबश्यकता परिपूर्ती गर्ने क्षमता सरकारले बताउनु पर्ने अहिलेको अबस्था रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.