तनहुँ, शनिबार, १७ असोज २०७७ । विश्व विजेता अङ्ग्रेजलाई एशियामा पहिलोपल्ट हराउने सेना नायक सरदार वंशु गुरुङलाई तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ जसपुरमा सम्झना गरिएको छ ।

वि सं १८२४ कात्तिक २४ गते सिन्धुलीको पौवागढीमा भएको युद्धमा अङ्ग्रेज फौजका कप्तान किनलोकको नेतृत्वको फौजलाई हराएर उहाँले देशको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वंशु गुरुङ स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गुरुङको योगदानको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । नगरपालिकाका प्रमुख किसान गुरुङले वंशु गुरुङलगायत सपूतहरुले सिन्धुलीगढीको युद्धमा विजय हासिल गरी गौरव बढाएकाले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिका-१२ का वडाध्यक्ष मनराज गुरुङले वंशु गुरुङको शालिक आफ्नो वडामा बन्नुले गौरव बढाएको छ भन्नुभयो । उहाँको स्मृतिमा प्रतिष्ठानले नगरपालिकाको जसपुरमा अर्धकदको शालिक निर्माण गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष लालजङ थापाका अनुसार शालिक निर्माणमा रु दुई लाख ५० हजार खर्च भएको छ । शालिकको गत वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here