काठमाडौँ, शनिबार, २४ साउन २०७७ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उहाँकी पत्नी कविता केसी महतलाई कोरोना संक्रमण देखिएको छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिनु भएको छ ।

उहाँ हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताउनु भएको छ ।

ध्यान राख्दा राख्दै दुर्भाग्यवस आफूहरु कोरोना संक्रमित हुनबाट बच्न नसकेको बताउँदै समयमा नै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने उल्लेख गर्नु भयो । उहाँले यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आह्वान गर्नु भयो ।

‘समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरूमा हार्दिक अपिल ।

यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महत को निरिक्षण र निगरानी मा बसेका छौं ।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।

जय पशुपतिनाथ।’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here