ललितपुर, मंगलबार, १६ भाद्र २०७७ । वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई नुवाकोटको शिवपुरी गाउँपालिकामा सरुवा हुनु भएको छ ।

आचार्यले वागमती गाउँपालिकामा २२ महिनादेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उत्कृष्ट कार्य सम्पादन गर्दै आउनुभएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई नुवाकोटको शिवपुरी गाउँपालिकामा सरुवा गरेको हो ।

सामेवार गाउँपालिकाले सम्मान गर्दै ‘भेरी भेटौला’ कार्यक्रम गरेको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भन्नुभयो “ यो बिदाइ नभइ भेरी भेटौला कार्यक्रम हो, आचार्य अहिलेलाई गाउँपालिकाको सेवा नरहेन पनि उहाँसँग पुनः भेटभाट हुन सक्ने भएकाले भेरी भेटौला कार्यक्रम गरिएको हो ” भन्नुभयो ।

लोप्चनले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्र विकास निर्माण सुशासन कायम हुने भन्दै आचार्यमा जनप्रतिनिधि र कर्मचारीसँग मिल्न र मिलाउन सक्ने क्षमता भएको बताउनुभयो । उहाँले अब आउने प्रमुख प्रशासकीय अधिकृतले पनि आचार्यले जस्तै कार्य सम्पादन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सोही अवसरमा आचार्यले २२ महिनासम्म आफ्नो कार्यकाल भरी आफूलाई गाउँपालिकाको काममा अभिभावकत्व प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरे लगायतका सबै वडाध्यक्षलाई धन्यवाद प्रदान गर्नुभयो । गाउाँपालिकाबाट सेवा निवृत्त हुनु भएका अधिकृत स्तर छैठौं तहका रुद्र मरासीनी, सचिनन्द शर्मा र पाँचौ तहका सहदेव गिरीलाई सम्मान स्वरुप बिदाइ गरिएको थियो ।

वागमति गाउँपालिकामा हाल उदयपुरको रौतामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत खम्बराज राई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here