February 24, 2024
प्रदेश विशेष

विकासको मार्गचित्र सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्री अनिताको आग्रह

मोरङ, मंगलबार, १२ मङ्सिर २०८० । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ ।

सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट बजेट वितरणमा भेदभाव भएको गुनासो गरेका थिए ।

कार्यकक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखको उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *