नुवाकोट, ( शिवपुरी), आइतबार, १९ पुस २०७७ । शिवपुरी गाउँपालिकाले विकासमा नौलो आयम थपेको छ ।
स्थानीय तहमा जनप्रतिधि आएपछि विकासको मोडल नै परिवर्तन भएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कषि व्यवसायिक पशुपालन लागयतका काममा गाउँपालिकाले सफता प्राप्त गरेको छ । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गरी सोही पालिकाबाट सेवा प्रदान गर्न थालिएको छ ।
कपितय वडा कार्यालयको प्रशासनिक भवन निर्माण भइसकेका छन् केही वडा कार्यालयको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा छन् । गाउँपालिकामा जनप्रतिनिधि आएपछि गाउँपालिका भित्र पुल, खानेपानी सडक, विद्यालयको भवन लागयतका भौतिक विकासको काममा उल्लेख्यरूपमा प्रगति भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनभुयो ।
“ गाउँपालिकाले छोटो समयमा आफ्नै प्रशासनिक भवन निर्माण गरेर नमूनाको काम गरेको छ अझ धेरै नमूनाका काम गर्ने तयारीमा हामी जुटेका छौ ” उहाँले भन्नुभयो । स्थानीय नागरिकका असिमित माग र चहाना एकै पटक पूरा गर्न कठिन प्राय भएको छ तर पनि प्राथमिकताका आधारमा हामीले माग सम्बोधन गर्ने क्रम जारी राखेका छौं ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिका अध्यक्षको उच्च भिजनले गर्दा गाउँपालिकामा विकास निर्माणको कामले प्राथमिकता पाएको बताउनुभयो । अध्यक्ष स्थानीय नागरिकका दुःख र सुखसँग राम्रोसँग भिज्नुभएकाले स्थानीय समस्याको समाधान गर्न निरन्तर क्रियाशिल रहेकाले विकासको कामले अपेक्षाकृतरुपमा प्रगति भएको बताउनुभयो ।