Thursday, February 25, 2021
More

    विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकको खबरदारी आवश्यक

    हेटौंडा, शुक्रबार, ३ पौष २०७७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकले खबरदारी गर्न जरुरी रहेको बताउनु भएको छ ।

    हेटौँडास्थित जनप्रिय प्राविधिक विद्यालयको नवनिर्मित प्राविधिक भवनको उद्घाटन एवं विद्यालयको ३९औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै उहाँले विद्यालय राम्रो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी सबैले मेहनत गर्नुपर्ने बताउनु भएको हो । उहाँले विद्यालय शिक्षालाई सिकाइ केन्द्रित बनाउन शिक्षक तथा व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री पौडेलले विगतदेखिको परम्परागत शैक्षिक प्रणालीलाई सुधार गर्दै व्यवहारिक र सीपमूलक बनाउनुपर्ने धारणा राख्नु भयो । नयाँ पद्धति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्नेमा उहाँको भनाइ थियो ।

    विगत केही वर्षदेखि पशु तथा कृषिसम्बन्धी विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयको २४ कोठे भवनको उद्घाटन तथा विद्यालय परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण गर्नु भयो ।

    रु चार करोडको लागतमा निर्मित भवनमा प्राविधिक विषयको पठनपाठनका साथै प्रयोगशाला सञ्चालन हुने विद्यालयले जनाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here