काठमाडौँ, बुधबार, १० असार २०७७ । नेपालमा आज (बुधबार) विभिन्न जिल्लाका थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनाका सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय १९ पुरुष र १ सय १० जना महिलामा सङ्क्रमण भेटिएको बताउनु भयो ।

अहिलेसम्म ७६ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा २ हजार तीन सय ३८ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here