काठमाडौं, शुक्रबार, २६ बैशाख २०७७ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार ५४ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५६ जनाको मृत्यु भएको छ ।

आज शुक्रबार बिहानसम्ममा ३९ लाख १६ हजार ८ सय ५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९५ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ४२ हजार १ सय ६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख ४ हजार ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९ सय ५८ जनाको अवस्था गम्भीर रहेको  छ ।

त्यसैगरी, युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६ सय ९९ पुगेको छ । एकै दिन २८ हजार ७ सय ५९ जनामा नयाँ संक्रमण देखिएको छ । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४ सय ६१ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ८ सय ३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ११ हजार ५ सय २९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९३ हजार ७ सय ९ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २ सय ५ पुगेको छ । एकैदिन ३ सय ९९ जनाको मृत्यु भएको छ ।

१५ हजार ४ सय ३९ नयाँ संक्रमित थपिएसँगै ६ लाख १८ हजार ५ सय ४ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ३८ हजार ६ सय ४० जना निको भएका छन् । २ लाख ५८ हजार ६ सय ५९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार २ सय १ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८ सय ८ पुगेको छ । एकैदिन ३२ हजार ९ सय ७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २ सय ३१ जनामा नयाँ संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय ४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५ सय ३२ पुगेको छ । संक्रमितमध्ये ९३ हजार ९ सय २० निको भएका छन् भने १ लाख ५९ हजार ३ सय ९० जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५५ हजार २ सय ६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा १ सय १८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ४ सय ८९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९ सय ५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार १ सय १४ जना संक्रमित छन् ।

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय ५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १ सय ७३ जनामा नयाँ संक्रमण देखिएको छ । २४ घण्टामा २ सय १३ जनाले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

संक्रमित १ लाख ६३ हजार ९ सय १९ जना निको भएका छन् । अहिले ६६ हजार ८ सय ६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९ सय ९५ को अवस्था गम्भीर छ ।

बेलायतमा एकै दिन ५ सय ३९ जनाले ज्यान गुमाएका छन् । यससँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । एकैदिन ५ हजार ६ सय १४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७ सय १५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ लाख ७५ हजार ७ सय ५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here