काठमाडौं, शनिबार, १० जेठ २०७७ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ५३ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५३ लाख ३ हजार ३ सय ७० जना संक्रमित भएका हुन । आज शनिवार विहान ७ बजे सम्म कुल संक्रमित मध्ये २१ लाख ५८ हजार ४ सय ७९ जना उपचार पछि निको भएर घर फर्किका छन् ।

बितेको २४ घण्टामा ५ हजार ८ सय ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय ९० पुगेको छ ।

एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८ सय ८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५ सय ७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४ सय १९ जनाको मृत्यु भएको छ । १८ लाख ६८ हजार १ सय ६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा २६ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५ सय १ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १ सय २५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८ सय ४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

साथै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २२ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय ३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६ सय ४० जनामध्ये ३ लाख ९७ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here