काठमाडौं, सोमबार, २६ जेठ २०७७ । २ सय १५ मुलुक र २ ओटा अन्तरास्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७० लाख ८५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ७० लाख ८५ हजार ७ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ५ हजार २ सय ६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । ३४ लाख ५८ हजार ४ सय ७० जना उपचार पछि निको भएका छन् । ३२ लाख २० हजार ६ सय ३० को उपचार भइरहेकोमा ५३ हजार ७ सय ५२ जनाको अवस्था गम्भीर छन । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ ।

२० लाख ९४ हजार ३ सय २४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५ सय ३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २ सय ४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५० हजार २ सय २२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४ सय ७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार २ सय १५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार १ सय १८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९ सय १९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ७० जना संक्रमित भएकोमा ८ हजार २ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here