काठमाडौं, शनिबार, ३१ जेठ २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८१ हजार ३ सय ४७ मानिस उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५९४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ लाख २७ हजार ६ सय ८० पुगेको छ । विश्वका २ सय १५ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख २४ हजार ८ सय ३४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५ सय १६ जना नयाँ संक्रमित थपिएका छन् ।

३३ लाख ८० हजार ४ सय ५० जनाको उपचार भइरहेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ ।

२१ लाख ७३ हजार ५ सय ७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८ सय ९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७ सय ६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, एसियाली मुलुकहरुमा ३८ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६ सय ६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३ सय ७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ९ सय १ जना संक्रमित भएकोमा ८ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here