May 18, 2024
संसद

वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, शुक्रबार, ३० चैत्र २०८० । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरिएको छ । यस्तै सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको छ सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *