May 18, 2024
शिक्षा

शहिद लखनको चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना

गोरखा, मंगलबार, ४ वैशाख २०८१ । गोरखाको शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना भएको छ ।

सोही बिद्यालयका पुर्व शिक्षक स्वर्गिय पशुराम लम्सालको नाममा उनका परिवारजनले १ लाख ११ हजार १ सय ११ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

आइतवार एक कार्यक्रमका बीच लम्सालकी श्रीमती शुशिलाले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर रानालाई अक्षयकोष रकम बराबरको चेक हस्तान्तरण गरेकी छन् ।

अक्षयकोषको रकमबाट ब्याज स्वरुप प्राप्त हुने रकमबाट जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने बिद्यालयले जनाएको छ । आपतकालिन समयमा विद्यार्थीहरुको आधारभूत स्वास्थ्य सेवामा उक्त रकम खर्च गर्न परिवारजनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *