काठमाडौं, शुक्रबार, १२ असार २०७७ । नेपालमा शुक्रबार थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

शुक्रबार थप भएकासँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । हालसम्म १ हजार २ सय ४९ महिला र १० हजार ५ सय ६ जना पुरुषमा यो संक्रमण देखिएको छ ।

यसैगरी हालसम्म पिसिआरबाट २ लाख ६ हजार २ सय ७१ जनाको परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here