काठमाडौँ, बुधबार, ३१ बैशाख २०७७ । नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा २ सय १९ जना  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालगञ्जकाे पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं ८ बस्ने ३६ वर्षीय पुरुष हुनुहुन्छ । उहाँकाे धुलिखेल अस्पतालमा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here