काठमाडौं, बिहिबार, १ जेठ २०७७ । बिहीबार राती नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौं, धादिङ र धनुषाका १/१ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकमा, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु तीनै जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here