काठमाडौं, शनिबार, २४ जेठ २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकाश देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो ।

यससंगै कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर बिधिबाट ९२ हजार ४ सय ७७ जनाको परीक्षण भएको छ भने आरडिटी बिधिबाट १ लाख ३७ हजार ४ सय ३५ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआर र ५ हजार ५ सय ७० जनाको आरडिटी बिधिबाट परीक्षण भएको देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार हालसम्म ३ सय ६५ जना कोरोना जितेर घर फर्किएका छन । हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here