काठमाडौं, मंगलबार, २७ जेठ २०७७ । आज मंगलबार नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१ महिलासहित २ सय ९२ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ५ सय ८४ जना उपचारपछि निको भएका छन् । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । आज इलाम जिल्लामा समेत कोरोना संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here