काठमाडौं, शनिबार, ३१ जेठ २०७७ । पछिल्लो २४ घण्टामा २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत थप २ सय ७३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

आज फेला परेका संक्रमितमध्ये २ सय ४७ जना पुरुष र ३६ जना पुरुष रहेको गौतमले जानकारी दिनुभयो ।

यससंगै नेपालमा कोराना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

साथै, आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बीरगञ्ज निवासी एक २५ बर्षीय युवक र बारा निजगढ नगरपालिकाका ५ बर्षीय बालकको कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो संगै मृतकको संख्या १८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here