काठमाडौं, ६ बैशाख २०७७ । नोबेल कोरोना भाइरस संक्रमित निको भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा खुशी ब्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गर्दै शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्केकोमा पनि खुशी व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here