Friday, February 26, 2021
More

    ‘संसद् विघटन गर्न पाइदैन’ : नेता थापा

    ललितपुर, आइतबार, ४ माघ २०७७ । नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गर्नुभएको छ ।

    नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।

    कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिड-१९ को मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बतउनुभयो ।

    ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here