काठमाडौं, सोमबार, २२ बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा ५ औ चरणको राहत वितरण सम्पन्न गरेको छ । साकोसको कार्यालय भृकुटीचोकबाट आज राहत बितरण गरीएको हो ।

सज्जन महिला साकोसद्वारा राहत वितरण गर्दै

उक्त राहत वितरणमा  का.म. पा. वडा न -६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, समाजसेबी धर्मसागर ढकाल लगायत अन्य महानुभावहरुको उपस्थितिमा शान्तिनगर, चाबहिल, कपन, बौद आसपास बसोबास गर्नु हुने निम्न बर्ग, अशक्त, बिरामी , ज्यालादारी मजदुर, निम्न आय भएका  ३० परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री  वितरण गरिएको  थियो ।

खाद्यान्न सामाग्री वितरणमा  २५ किलोको चामल १५ बोरा, दाल ३० किलो, तेल ३० लिटर, चिनी १५ किलो, चियापत्ति १५ पाकेट, नुन ३० पोका, मस्यौरा ३० पोका, साग १५ मुठो, गाजर १५ किलो, साबुन ३० वटा वितरण गर्नुका साथै ३ जना बच्चाको लागि लिटो बितरण गरिएको थियो ।

सज्जन महिला साकोसद्वारा राहत वितरण गर्दै

खाधान्न सामाग्री संकलन अन्य बिभिन्न संघ संस्था, ब्यक्ति लगायत संस्थाका सदस्यहरुबाट गरिएको थियो ।

जसअनुसार सहयोगी लायन्स क्लब काठमाडौं आगमनका अध्यक्ष रीता खनालबाट चामल खरीद बापत नगद आठ हजार रुपैया सहयोग प्रदान गर्नु भएको थियो ।

सज्जन महिला साकोसद्वारा राहत वितरण गर्दै

त्यसैगरी, नव जीवन  परोपकार समाज तारकेस्वर नगरपालिका फुटुङ्का अध्यक्ष  दुर्गानाथ दाहालबाट नगद आठ हजार रुपैया सहयोग प्रदान गर्नु भएको थियो । साकाहारी पार्टिका अध्यक्ष राधे खडकाबाट नगद पाच हजार रुपैया सहयोग प्रदान गर्नु भएको थियो । त्यसैगरी, कृषि बिकास बैक महाराजगंज शाखाबाट दाल नुन, साबुन सहयोग प्राप्त भएको थियो ।

संस्थाका  सदस्यहरुको तर्फबाट   शिबलोचन पराजुलीबाट नगद पाच हजार रुपैया,  इन्दिरा जमकट्टेलबाट नगद दुइ हजार रुपैया,  मनिषा दुवालबाट नगद एक हजार रुपैया सहयोग प्रदान गर्नु भएको थियो ।

सज्जन महिला साकोसद्वारा राहत वितरण गर्दै

त्यसैगरी, हर्ष रत्न शाक्यबाट दाल १५ किलो, मन्दिरा शाक्यबाट चिनी १५ किलो, धर्मेन्द्र श्रेष्ठबाट ३० पाकेट मस्यौरा, संगीता श्रेष्ठबाट १५ किलो गाजर, बिमला ढकालबाट १५ मुठा साग, रेनु बरुवालबाट सानो बालक ३ जनालाई लिटो संकलन गरी आज नै उक्त सामाग्री बितरण गरीएको छ । संस्थाका सल्लाहकार शशिकला पौडेलले  नगद संकलन, सामान खरिद र बितरणको लागि विशेष  सहजीकरण गर्नु भएको थियो ।

हुँदा खाने र हुने खानेबिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै अभियान शुरु गरिएको सज्जन महिला साकोस की अध्यक्ष सीमा पुरीले बताउनुभयो । सहयोगी मनका कारण आज ३० परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here