February 24, 2024
प्रदेश विशेष

सडक नपुगेका पालिकाहरुमा आगामी आर्थिक बर्षसम्म सडक सञ्जाल पु¥याउने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता

गोरखा,मंगलबार, २३ माघ २०८० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पालिका र वडाहरुमा बाह्रै महिना चल्नसक्ने गरी मुख्य सडक निर्माण गण्डकी प्रदेश सरकारको प्राथामिकता रहेको बताउनु भएको छ ।

गोरखाको आरुघाट गाउँपालिकाले आज आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले प्रदेश भित्रका केही पालिकाहरुमा अझैपनि सडक सञ्जाल नपुगेको भन्दै सडक नपुगेका पालिकाहरुमा आगामी आर्थिक बर्षसम्म सडक सञ्जाल पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सडक सञ्जाल नपुगेको पालिका तथा वडाहरुमा सडक सञ्जाल पु¥याउने गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्षको पहिलो प्राथामिकता हुने उहाँको भनाई छ । ‘‘जुनजुन पालिका र वडाहरुमा अहिले बाटोले छोएको छैन ति सवै ठाउँमा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘पालिकामा हिउँद र बर्खामा यातायाता चल्नसक्ने सडक पु¥याएपछि वडाको केन्द्रमा पु¥याउने र क्रमसः त्यसलाई स्तरोन्नती गर्दै जाने हो ।’’

अहिलेले सवै पिच बाटो पाइएन, मेरो टोल र घरमा पुग्नेबाटो पिचबाटो भएन भनेर बोल्नु भन्दापनि गाउँको मुख्य बाटोलाई सवैले प्राथामिकतामा राख्नुपर्ने उहाँले सुझाव दिनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा पछाडी परेका मनाङ, मुस्ताङ र उत्तरी गोरखाको विकासलाई अन्य क्षेत्रमा जस्तै समानुपातिक ढंगले अघि बढाउनुपर्छ भन्नेमा प्रदेश सरकारले जोड रहेको बताउनुभयो ।

‘‘मनाङको लार्फाभूमी गाउँपालिकामा अझै सडक सञ्जाल पुगेको छैन, चुमनुब्री गाउँपालिका भर्खर मात्र सडक सञ्जाल पुगेको छ, उहाँले भन्नुभयो, ‘‘अव ति क्षेत्रमा पनि सडक सञ्जाल पु¥याउनेछौ ।’’ मख्यमन्त्री पाण्डेले बूढीगण्डकी जलविद्युत आयोजना जतिछिटो सम्पन्न गर्नसके यसले गोरखा र धादिङको कायापलट हुने सम्भावना रहेको बताउनुभयो । आयोजना निर्माणबाट राज्यले लिने लाभ मात्र नभएर डुवान क्षेत्रका बासिन्दाले पनि प्रसस्त फाइदा लिनसक्ने उहाँको भनाई छ ।

‘‘आयोजना निर्माणपछि बन्ने जलासय, पर्यटकीयस्थल र स्थानीयले प्राप्त गर्ने स्वरोजगारको सम्भावनाले गर्दा पनि डुवान क्षेत्र असाध्यै अगाडी बढ्न सक्छ, उहाँले भन्नुभयो, ‘‘त्यसैले जतिसक्दो छिटो आयोजना निर्माणका लागि औपचारिक अनौपचारिक तवरबाट हामीले छलफल गरिरहेका छौ ।’’ मूख्यमन्त्री पाण्डेले आयोजनाको निर्माणका लागि स्पस्ट मोडालिटी सहित सवै सकारात्मक रहेको भएपनि गति लिन भने नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ।‘‘आयोजना निर्माणको अन्यौलता अझै चिरिएको छैन, प्रधानमन्त्रीले आयोजना निर्माणको काम छिटो सुरु गर्ने प्रतिवद्धता पनि जनाइराख्नु भएको छ तर निर्माणको काम जसरी अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन । उहाँले प्रदेश सरकारले योजनाको प्रभावकारी अनुगमन गर्न अनुगमन समिति बनाएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *