तनुहँ, आइबार, २१ बैशाख २०७७  । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज बिहान सिलिण्डर ग्यास विस्फोट हुँदा २ जना बालक घाईते भएका छन् ।

स्थानीय बिनोद वि.क.को भान्सा कोठामा बिहान करिब ७ बजेर ४० मिनेटको समयमा सिलिण्डर ग्यास विस्फोट हुँदा उनका छोरा ११ बर्षीय विवेक वि.क. र ७ वर्षिय अर्का छोरा सरगम वि.क.घाईते भएका छन् ।

घाईते मध्ये विवेक वि.क.को शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम वि.क. को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्पोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here