May 18, 2024
कानुन

सन्दीपको मुद्दामा बहस सकियो, फैसला अघि सीसीटिभि फुटेज हेर्दै न्यायाधीश

काठमाडौँ, बुधबार, २ जेठ २०८१ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।

मंगलबारदेखि सुरु भएको सुुनुवाई जवाफी बहस बाँकी रहेका कारण हिजो हेर्दाहेर्दैमा राखिएको थियो । आज बिहान ११ बजेदेखि जवाफी बहस सुरुभएको थियो । पक्ष–विपक्षीबीच जवाफी बहसका डेढ डेढ घण्टाको समय छुट्याइएको थियो । सो समय भित्र दुवै पक्षको जवाफी बहस सकिएपछि अहिले न्यायाधीशद्वयले उनीहरु होटल पस्दा र निस्किँदाको सीसीटीभी फुटेज हेरेपछि फैसला आउने अनुमान गरिएको छ ।

बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले घटनाबारे सीसीटीभी फुटेज मगाएर हेर्ने काम भइरहेको छ। फैसला गर्नु अघि फुटेज हेर्न लागिएको हो ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

फैसलाको प्रतिक्षारत सन्दीप पक्षधरहरु यतिबेला उच्च अदालत बाहिर बाक्लो संख्यामा उपस्थित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *