अर्घाखाँची, मंगलबार, २७ जेठ २०७७ । आज मंगलबारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ ।

नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ ।

कर्मचारीहरूको मङ्गलवार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

सन्धिखर्कमा सोमबार वडा नं. ६ र ७ को क्वारेन्टिनमा रहेका २८ जनासहित नगरपालिकाका एक गरी २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै जनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन राखिएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो । उपप्रमुख भने होम क्वारेन्टाइननमा रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here