गण्डकी, आइतबार, १९ पुस २०७७ । सफल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आजदेखि शुरु भएको १३ औं साधारणमा शेयर सदस्यलाई कोशेली स्वरुप माक्स र सेनिटाईजन वितरण गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चार दिनसम्म साधारण सभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जि.सी.ले जानकारी दिनुभयो । शेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाईमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उदेश्यले सरसफाईका सामग्री प्रदान गरिएको उहाँले भन्नुभयो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ७ र १७ स्थित पूर्व भेगका बुद्धिजीवी, समाजसेवीको सकृयतामा २०६४ सालमा दर्ता गरि सञ्चालनमा आएको सो सहकारीमा हाल तीन सय ८६ जना शेयर सदस्य रहेका छन् । जसमा ६० प्रतिशत भन्दा बढी महिलाको सहभागिता रहेको छ ।
संस्थाले गत बर्ष १२ औं साधारण सभाका अवसरमा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेंङगु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।