काठमाडौँ, बिहिबार, १ जेठ २०७७ । गृह मन्त्रालयले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ । कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप यस्तो निर्णय गरेको हो ।

यसभन्दा पहिला गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here