धनी गरिव कसैलाई गन्दैन,
बृद्व, बालक, अपाङ्ग भन्दैन,
“के होला दवाई”
कोरोनाले रुवाले धरधरी.
संसार सारा लाई…..


काठमाडौं, शनिबार, २४ जेठ २०७७ । चर्चित लोक तथा दोहोरी गायक बम बहादुर कार्की र शिवा आले कार्कीको आवाजमा समसामयिक गीत “के होला दवाई” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द बम बहादुर कार्कीको र लय शिवा आले कार्कीको रहेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमणबाट कोरोनाको बारेमा उल्लेख गर्दै कोरोनाको के होला दवाई भन्दै संसारमा सबैलाई रुवाएको छ गितको मध्यमबाट सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको समसामयिक सन्देशमुलक गीत “के होला दवाई” सार्बजनिक गरिएको छ ।

गोरखा म्युजिक काठमाडौँको प्रस्तुतिमा, हुम गैरेको निर्देशन/सम्पादन, रबिन्द्र खड्काको छायांकन, बिशाल मुभिज प्रा लि को दृश्य निर्माण रहेको उक्त भिडियोलाई बम बहादुर कार्की र शिवा आले अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्न सफल होस् शुभकामना ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here