काठमाडौं, आइतबार, १९ पुस २०७७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कापदाधिकारीसँग आज भएको भेटमा उहाँले बदलिँदो राजनीतिक परिवेश प्रति संकेत गर्दै समाजलाई निराश, द्धन्द्ध र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन, द्धन्द्ध होइन, अराजकता होइन, नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यवसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाई छ ।
मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौति नगर्न, सरकारी सञ्चार माध्यामको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनु पर्ने लगायतका ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापन पत्र बुुझाएको थियो ।