Monday, March 1, 2021
More

    सरकारद्वारा कोभिड-१९ विरुद्धको आपत्कालिन कोरोना खोप प्रयोगका लागि अनुमति

    काठमाडौँ, शनिबार, ३ माघ २०७७ । सरकारले कोभिड–१९ विरुद्धको आपत्कालिन खोप प्रयोगका लागि नेपालमा अनुमति प्रदान गरेको छ ।

    औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालिन प्रयोग गर्न अनुमति दिएको हो ।

    विभागको आज बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको बताउनु भयो ।

    सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ । उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने तयारी भएको जनाइएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here