काठमाडौँ, शुक्रबार, ३ पौष २०७७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले सर्वोच्च अदालतको वि सं २०७६ मङ्सिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपाल बहादुर थापालाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले थापालाई फैसला कार्यान्वयनका लागि आज नै काठमाडौँ जिल्ला अदालत बबरमहल पठाएको बताउनुभयो ।