Thursday, February 25, 2021
More

    सरस्वती पुजाको दिन परेर प्रमाणपत्र र मेडलद्वारा सम्मानित

    काठमाडौँ, मंगलबार, ४ फागुन २०७७ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।

    सोही दिनको अवसर पारेर धर्मस्थली ६ मा अवस्थित गिनिज स्कूल ले २०७६ सालको सम्पुर्ण ECA/CCA कार्यक्रमहरुमा जित्न सफल बिद्यार्थी लाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको छ ।

    बिधालय प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानाध्यापक तथा संचालक समिति अध्यक्षले बिद्यार्थीलाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको बिधालय इन्चार्ज रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

    आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here