February 24, 2024
मनोरञ्जन

सरिता गुरुङको “दिलमै तिम्रो नाउँ भो” सार्बजनिक (भिडियोसहित)

ललितपुर, बुधबार, २४ माघ २०८० । सरिता गुरुङको नयाँ कोसेली “दिलमै तिम्रो नाउँ भो” गीत सार्वजनिक भएको छ । एच बि सुनार र सरिता गुरुङको सुमधुर स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एच बि सुनारको शब्द रहेको यस गीतको एरेन्ज केशव बडूले गरेका हुन् । गीतको भिडियोमा सुपर स्टार नायक धिरेन शाक्य र सरिता गुरुङको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी मन्जु उपासनाले गरेकी हुन् । छायाङकन तथा सम्पादन कार्य दिनेश मुस्कानले गरेका हुन् । दिपक गुरुङले श्रृङ्गार गरेका छन् भने दृश्य निर्माण मन्जरी संगीत पाठशाला (भैसीपाटी, ललितपुरले ) गरेको हो ।

उक्त गीतको भिडियो मन्जरी म्युजिक अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा सरिता गुरुङले पहिलो कदम राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *