ललितपुर, शनिबार, २५ कात्तिक २०८० । सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको आज आयोजित २९औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको बताए ।
‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ । सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्व दिएको छ,’ सभामुख घिमिरेले भने ।
उनले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्वपूर्ण आधार सहकारी भएको बताउँदै जनताको पहुँच नभएको ठाउँमा पहुँच पु¥याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले तीन दशकमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी र्सघले बहस र पैरवीलाई निरन्तरता दिएको र यसले सहकारी आन्दोलनलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले वित्तीय शिक्षालाई आधारभूत थलो बनाएको संघले वार्षिक नीति तथा कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अझ सवलीकरण गर्ने काममा आफूलाई उभ्याएको प्रष्ट पारे ।