शिवराम घिमिरे

दिदीबहिनी दाजुभाइ ठुला हुन् वा साना
सज्जन महिला गर्दैछ है सबलाई आव्हान
बचत जम्मा देखि सबै ऋणको कारोवार
एकै ठाउँमा गर्नुपर्छ राखी सरोकार ।

जुन साकोसले सदस्यको पर्दा मर्म बुझ्छ
त्यही साकोसलाई सदस्यले मनैदेखि रोज्छ
व्यवसाय ठुला हुन् वा मझौला र साना
कृषि पेशा गाईवस्तुलाइ घाँस होस वा दाना ।

वैदेशिक रोजगार होस वा शिक्षा प्राप्त गर्न
सदस्यको घरभित्रको समस्यालाई हर्न
सदस्यलाई सधैभरी मन भित्र राखी
नयाँ सदस्यको लागि खोलेका छौँ चाबी ।

चुनौती र समस्यासँग डटि लड्नुपर्छ
हातेमालो गरी सारा अघि बढ्नुपर्छ ।

ऋण सहायक
शिवराम घिमिरे
सज्जन महिला साकोस

२०७७ साल भाद्र २२ गते सोमबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here