Friday, February 26, 2021
More

    साउदीद्वारा हवाई उडान कम्तीमा एक साताका लागि स्थगन गर्ने घोषणा

    एजेन्सी, सोमबार, १३ पुस २०७७ । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगन गर्ने घोषणा गरेको छ ।

    कोरोना भाइरसको नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।

    साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसार-पसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाई रहेको छ ।

    साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोना भाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here