February 24, 2024
खेलकुद

सातदोबाटोमा एनटीए लिग बिहीबारदेखि सुरु हुदैं

काठमाडौँ, बुधबार, १३ मङ्सिर २०८० । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलि (बिहीबार) देखि हुने भएको छ ।

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिनुभयो । प्रतियोगितामा जम्मा ६ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटीले बताउनु भयो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ९ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *