February 24, 2024
साहित्य

साथको आभास……..

जिन्दगीभर दु:खकै खास, अभावकै खास बन्नु पर्यो
एउटा नयाँ खास्टोको लागि लास बन्नु पर्यो ।

हर चिजको गरीमा कसरी निर्धारण गर्नुहुन्छ ?
फ्याँकिएकी म ! आज हजुरको सास बन्नु पर्यो ।

छुरा रोपेर गयौ, फेरि मल्हम लिएर आयौ
नाटकमा ! चोटले समेत उपहास बन्नु पर्यो ।

पात झार्यौ, फूल चुँड्यौ र बिरुप छोडिदियौ
तिम्रा लागि मैले किन फेरि मधुमास बन्नु पर्यो ?

भीडमा ताली बजाउने जोर हात छन् जताततै
सक्छौ भने सकसमा साथको आभास बन्नुपर्यो ।

नमिता दवाडी
गोरखा, नेपाल
हाल: न्युजिल्यान्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *