काठमाडौँ, बिहिबार, ११ भाद्र २०७७ । नागार्जुन नगरपालिकाले नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने दुई हजार जनालाई एक लाख रुपैयाँको कोरोना बीमा गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा प्राप्त गर्ने सबै नागरिकलाई कोरोना बीमा गर्ने नागार्जुन नगरपालिका ७५३ स्थानीय तहमध्ये पहिलो भएको छ ।

नगरपालिकाको १० वटै वडाका गरी दुई हजार जनाएको एक लाख रुपियाँका दरले कोरोना बीमा गर्ने निर्णय गरेको नागार्जुन नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने सबै नागरिकलाई एक लाख रुपियाँको कोरोना बीमा गर्न लागिएको नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुुर बस्नेतले जानकारी दिनुभयो । उहाँले कोरोनाबाट सबैभन्दा बढि ज्येष्ठ नागरिक, बालाबलिका र शारीरिक रूपमा अशक्त भएका व्यक्ति पीडित बन्दै गएकाले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले एक लाख रुपियाँको कोरोना बीमा गर्न लागिएको स्पष्ट गर्नुभयो ।

आज बिहिवार नगर प्रमुख बस्नेतको अध्यक्षतामा संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, केशव पोखरेल, प्रकाश श्रेष्ठ, उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशाकीय अधिकृत सुरेन्द्र थापा मगर, वडाध्यक्ष लगायतका उपस्थितिमा उक्त निर्णय गरिएको हो ।

साथै, बीमा कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाएको नगरपालिकाले जनाएको छ । इचङ्गुमा सरकारले ४०० बेडको आइसोलेशन सेन्टर निर्माण गर्न लागेकाले आवश्यक स्वास्थ्य पूर्वाधार, आइसोलेशनमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई आवश्यक सेवा सुविधा पूरा गरेर मात्र आइसोलेशन सञ्चालन गर्न सरकार समक्ष नगरपालिकाले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here