काठमाडौं, शनिबार, २० असार २०७७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लकडाउनको अवधिमा सार्वजनिक यातायात सञ्चालनको कुनै योजना नरहेको बताएको छ ।

महासंघका महासविच सरोज सिटौलाले शनिबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्याममा असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने आए पनि त्यो सत्य नभएको प्रष्टीकरण दिएका छन् । उनले सार्वजनिक यातायातका साधन सञ्चालन गर्नेबारे महासंघले कुनै निर्णय नगरेको बताएका छन् ।

लकडाउनमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेकाले सञ्चालन गर्नेबारे मजदुर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र संवाद गरिरहेको महासचिव सिटौलाले बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने व्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here