काठमाडौँ, शुक्रबार, २६ बैशाख २०७७ । सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । आज शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । ‘केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो,’, ‘प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ’

प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ । धेरै अघिदेखि नै उनीहरूले फर्किने प्रयास गरिरहेका छन्,’ उहाले भन्नुभयो, ‘राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए ।’

झडपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते हुनु भएको छ । उहाको टाउकोमा चोट लागेको छ । उहाको नजिकैको मेडिकलबाट उपचार गरिएको छ । ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताउनु भयो ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here