काठमाडौँ, मंगलबार, ३० भाद्र २०७७ । सिन्धुपाल्चोक बाढीपहिरो पिडितका लागि नायिका तथा मोडल एलिजा गौतमले राहत वितरण गर्नु भएको छ ।

नायिका तथा मोडल एलिजा गौतमले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागफुजे, भीरखर्कमा गएको पहिरो पिडित ९० घरपरिवारका लागि रासनपानी, ओड्ने, लगायतका सामाग्री बितरण गर्नु भएको हो ।

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ ।

यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here