काठमाडौं, बिहिबार, १८ असार २०७७ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण कष्टकर जीवन निर्वाह गरिरहेका ४० घर परिवारलाई राहत वितरण गरिएको छ ।

गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ७ श्रीनाथकोट, गोहोरे घर भई हाल काठमाडौँ बसोबास गर्दै आउनु भएका मनकारी समाजसेबी शेखर ढकालले आजको जटिल परिस्थितिमा लकडाउनका कारण कष्टकर जीवन निर्वाह ४० घर परिवारलाई राहत वितरण गर्नु भएको हो ।

नेपाली काँग्रेसका युवा नेता शेखर ढकाल नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाका सदस्य हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here