गोरखा, २६ चैत २०७६ । गोरखाको माथिल्लो पाम क्षेत्रमा ५० जनालाई रेबिज बिरुद्वको भ्याक्सिन लगाईएको छ । रेबिज लागेको कुकुरले टोकेर मानिसको ज्यान गएपछि त्यहाँका स्थानियलाई रेबिज बिरुद्वको भ्याक्सिन लगाईएको हो ।

सिरानचोक गाउँपालिका वडा न २ को माथिल्लो पाममाका ४५ बर्षिय रामबहादुर गुरुङको ज्यान गए पछि त्यस क्षेत्रका ५० जना बासिन्दालाई रेबिज बिरुद्वको भ्याक्सिन लगाईएको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताउनु भयो ।

घटना क्रम अनुसार गएको माघ २ गते गुरुङलाई आफ्नै कुकुरले टोकेको थियो । कुकुरको टोकाईबाट रेबिज भएका गुरुङको चैत्र १३ गते ज्यान गएको थियो । गुरुङको ज्यान जानु अघि गाउँमा गुरुङले कुकुरकै जस्तो गरी आवाज निकाल्ने गरेको र आफ्नै श्रीमतीलाई समेत टोकेका थिए ।

रामबहादुर जस्तै गाउँमा कलावती गुरुङ र हर्कबहादुर गुरुङ समेतलाई कुकुरले टोकेको थियो । रामबहादुर र कलावती गुरुङलाई टोक्ने कुकुरलाई तत्कालै हत्या गरि खोलामा फालियो भने हर्कबहादुर गुरुङलाई टोकेको कुकुर गाउँबाट आफै गायव भयो ।

माघ २ गते कुकुरले टोकेका रामबहादुर सातादिन पछि बिरामी पर्न थाले र स्थानिय स्वास्थ्यचौकी र आँपपिलल अस्पतालमा उपचारका लागि गए । तर गुरुङले आफुलाई कुकुरले टोकेको भन्ने कुरा लुकाई राखेका थिए ।

आँपपिल अस्पतालमा थप उपचार पछि पनि सञ्चो नभएका गुरुङलाई झाक्री लगाईयो तर उनको ज्यान गयो । यो बिचमा उनलाई कलावती गुरुङलाई टोक्ने कुकुरलाई मारेर स्थानिय खोलामा फालिएको थियो । खोला छेवैमा गाउँ रहेकोले पशुचौपायाहरुले खोलाको पानी पिएको र पशुमा पनि रेबिज हुन सक्ने भन्दै पशु चिकित्सकहरु गाउँमा अनुसन्धानमा खटिरहेका छन ।

गाउँमा गाउँपालिकाको स्वास्थ्यकर्मी टोली परिचालन गरी मानिसमा पनि अनुसन्धान गर्दा रेबिज लागेको पुष्टी भए पछि पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमा नै र दोस्रो चरणमा गाउँमा नै थप २४ जना गरी कुल ५० जनालाई मंगलबार रेबिज बिरुद्वको भ्याक्सिन दिईएको गाउँपालिकाकाले जनाएको छ ।

भ्याक्सिन लगाईएका मध्ये रामबहादुर गुरुङका श्रीमती सहित उनको एक घरका परिवार, मृत्यु संस्कारमा सहभागि भएकाहरु र आशंका गरिएका स्थानियलाई रेबिज बिरुद्वको भ्याक्सिन लगाईएको हो ।

रेबिज लागेको जनावरले टोकेको मानिस १ देखि ३ महिनामा रेबिजको लक्ष्ण देखिने स्वास्थ्यकर्मीहरुले बताउनु भयो । लक्ष्ण देखिएको पहिलो हप्तामा नै ज्यान जाने भएकोले अहिले स्थानियहरु त्रासमा रहेका छन ।

गाउँपालिकाले मंगलबार देखि उत्त गाउँका सबै घरमा रेबिजको लक्ष्ण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपाएका बारेपनि घरघरमा पुगेर जानकारी गराएको स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here